Section 11
नेपाल सरकार र प्रदेश सरकारको अधिकार

(१) नेपालको सुरक्षा वा सार्वजनिक शान्ति वा व्यवस्थाको निमित्त आवश्यक देखेमा नेपाल सरकारले नेपालभर र प्रदेश सरकारले प्रदेशभर कुनै चलचित्रको प्रदर्शन बन्द गर्न आदेश दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम आदेश दिनु अगावै सम्बन्धित व्यक्तिलाई आफ्नो भनाई पेश गर्ने मुनासिब माफिकको मौका दिनु पर्नेछ।

(३) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन अन्तर्गत आफूलाई प्राप्त भएको अधिकार दफा १०क. बमोजिम गठित बोर्ड, समिति वा कुनै अधिकारीलाई सुम्पन सक्नेछ।”